
नेपाल ‘ए’ र असाम प्रदेशबीचको पहिलो टी-२० आज
काठमाडौं – अनिलकुमार शाहको कप्तानीमा घोषणा भएको नेपाल ‘ए’ टिमले आज भारतको गुवाहटीमा असाम प्रदेशसँग पहिलो टी-२० प्रतिस्पर्धा गर्दैछ।
नेपाल क्रिकेट संघ क्यानले घोषणा गरेको नेपाल ‘ए’ टिममा अलराउन्डर आदिल आलम, ब्याट्सम्यान सन्दीप जोरा लगायतका युवा तथा अनुभवी खेलाडी समावेश छन्। नेपाल ‘ए’ टिममा यू–१९का कप्तान विपिन शर्माले अवसर नपाउँदा यू–१९ टिममा उत्कृष्ट प्रदर्शन गरेका युवराज खत्री समेटिएका छन् । लामो समयको अनुबन्ध फुकुवासँगै राष्ट्रिय टिममा बोलाइएका आलमले आफूलाई प्रमाणित गर्ने अवसर ए टिमबाट पाएका छन्। घाइते भएपछि कमब्याकको तयारीमा रहेका पवन सर्राफसमेत नेपाल ‘ए’ टिममा समेटिएका छन्।
ओपनर अनिलले राष्ट्रिय टिमबाट अस्ट्रेलिया भ्रमणमा मौका नपाएपछि ‘ए’ टिमको नेतृत्व पाएका हुन्। २६ वर्षीय अनिलले नेपालका लागि १४ टी–२० तथा १७ एकदिवसीय खेल खेलिसकेका छन् ।



कागजपत्र |
