
नेपालले साउथ अष्ट्रेलियालाई दियो १४७ रनको लक्ष्य
काठमाडौं – अष्ट्रेलियामा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो तेस्रो अभ्यास खेलमा साउथ अष्ट्रेलियालाई १ सय ४७ रनको विजयी लक्ष्य दिएको छ।
जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४६ रन बनायो। नेपालका लागि भीम सार्कीले ३२, दिपेन्द्र सिंह ऐरीले २६ तथा आसिफ शेखले २२ रन बनाए।
यस अघि भएका दुई अभ्यास खेलमा नेपाल दुवैमा विजयी भएको थियो।



कागजपत्र |
