इटहरीको प्लाई उद्योगमा भीषण आगलागी


काठमाडौं – सुनसरीको इटहरी–१२ खनारस्थित तिरूपति प्लाई उद्योगमा सोमबार बिहानैदेखि भीषण आगलागि भएको छ। आगलागिको कारण पत्ता नलागेपनि विद्युत सर्ट भएर हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

आगलागिबाट उद्योगमा रहेको कच्चा पदार्थलगायत जिन्सिसहित महत्वपुर्ण कागजपत्र जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। आगो निभाउने प्रयास जारी रहेपनि नियन्त्रण बाहिर गएको कारण सर्वसाधरणदेखि सुरक्षाकर्मिहरूको बाक्लो उपस्थिति देखिएको छ।

इटहरी, इनरूवा, दुहबी, धरानलगायतको बारूण यन्त्र, स्थानीय, प्रहरी प्रशासनले आगो नियन्त्रण लिने प्रयास जारी राखेका छन्। यद्यपि आगलागिको कारण के कति क्षति भएको हो सो विवरण प्राप्त भएको छैन।

प्रतिक्रिया