
एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं – नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।
प्रहरीको साइबर ब्युरोले एक महिलाको उजुरीका आधारमा महरविरुद्ध पक्राउ अनुमति लिएको हाे।
ऐन महर अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट अघि बढ्दै नेकपा (एमाले) का केन्द्रीय सदस्य बनेका हुन्।



कागजपत्र |
