प्रधानमन्त्री ओलीविरुद्धको रिटमा कागजात झिकाउन आदेश


काठमाडौं- सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने विषयमा परेको रिटमा कागजात झिक्ने आदेश दिएको छ।

अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा सुनुवाइपछि यस्तो आदेश आएको हो।

सुनुवाइमा अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हकमा सम्बन्धित कागजात झिक्न आदेश दिएको छ। यसअन्तर्गत नाउपाबाट सरकारलाई फिर्ता गरिएको समर्थन पत्र, मन्त्री अरुण चौधरीले बुझाएको राजीनामा पत्र लगायतका कागजातहरू झिक्न भनिएको छ।

तर,  नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले ४ भदौमा फेरि सरकारलाई समर्थन जनाएकी छन्। यसपछि कांग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कोसिस गर्दा रञ्जिताको समर्थनले दुईतिहाइ जुटाउने सम्भावना पुगेको छ।

गत २२ असारमा नाउपाले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएको थियो र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले राजीनामा दिएका थिए। तर, चौधरीको राजीनामा अझै स्वीकृत भइसकेको छैन।

 

प्रतिक्रिया