आफूले पाउने तलबबाट मुख्यमन्त्री बानियाँले बनाइदिने भए मिठुमायाको घर


हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफूले गरेको घोषणा पहिलो महिनामै कार्यान्वयन गर्ने भएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त हुनासाथ आफूले पाउने तलबलगायतका सेवा सुविधा मकवानपुरका विपन्न बस्तीका लागि सहयोग गर्ने घोषणा गरेका बानियाँले मकवानपुरको मनकरीकी एक विपन्न दलित महिलाको घर निर्माण गरिदिने भएका छन् ।

मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका–९ कि मिठुमाया सुनारको घर निर्माणका लागि गाउँपालिकामार्फत् २ लाख रुपियाँको चेक हस्तान्तरण गरेका हुन् ।

५ वर्ष अघि श्रीमान् गुमाएकी मिठुमायाका एक छोरा शारीरिकरुपमा अशक्त रहेको र घर मर्मत गर्न नसक्ने अवस्थामा रहेको हुनाले स्थानीय समाजसेवीहरुको सिफारिसमा मनहरी गाउँपालिकाले घर निर्माणका लागि सिफारिस गरेको थियो ।

उक्त रकमबाट मिठुमायाको २ वटा कोठा, एउटा भान्छासहित शौचालय र बाथरुम बनाइने जनाइएको छ ।

प्रतिक्रिया