‘निरहार व्रत हानिकारक’ शीर्षकको लेखविरुद्ध उत्रिएका राजावादी पक्राउ


काठमाडौं – गोरखापत्र दैनिकमा प्रकाशित लेखको विरोधमा उत्रिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको माइतीघर मण्डलाबाट मंगलबार प्रहरीले धादिङको सितले गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौंको कलंकीमा बस्दै आएका सन्तोषकुमार सिलवाल ‘सन्तोष राजावादी’ लाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार दिउँसो  उनी पक्राउ परेका हुन् । गोरखापत्रमा ‘निरहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकमा प्रकाशित लेखप्रति असन्तुष्टि जनाउँदै उनले पत्रिका च्यातेर जलाउन खोजेपछि प्रहरी हस्तक्षेपमा पक्राउ गरिएको हो ।

सन्तोष यसअघि गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक आन्दोलनका क्रममा पनि पक्राउ परेका थिए । हाल उनलाई सिंहदरबार वृत्तमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया