
संसदीय सुनुवाइ समितिबाट न्याैपानेले दिइन् राजीनामा, राज्य व्यवस्थाका लागि उम्मेदवारी दिने तयारी
काठमाडौं – नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदबाट राजीनामा दिएकी छन् ।
कांग्रेसले उनलाई प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति बनाउने निर्णय गरेपछि उनले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा बुझाएकी हुन् ।
राज्यव्यवस्था समिति सभापति पदका लागि आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । कांग्रेस सांसद रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त भएको उक्त पदका लागि बुधबार निर्वाचन हुँदैछ ।



कागजपत्र |
