त्रिशूलीमा पौडी खेल्दा भरतपुरका १७ वर्षीय किशोर बेपत्ता


चितवन- देवघाट गाउँपालिका–५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् । उनीसँगै नदीमा पौडी खेल्न गएका अर्का बालकलाई भने सकुशल उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार साँझ त्रिशूली नदीले बगाएर बेपत्ता हुने किशोर भरतपुर महानगरपालिका–१६ मङ्गलपुरका १७ वर्षीय कृष्ण लामिछाने हुन् । त्यस्तै, भरतपुर–१५ फूलबारीका १३ वर्षीय कुशल ढकाललाई सकुशल उद्धार गरिएको छ ।

प्रहरी नायब उपरीक्षक अशोक थापाले स्थानीय सोमबहादुर बोटेले ढकाललाई उद्धार गरेको जानकारी दिए । उनका अनुसार लामिछानेको खोजीका लागि इलाका प्रहरी कार्यालय देवघाट, प्रहरी चौकी जुगेडी र १७ नम्बर गण आँपटारी चितवनबाट गोताखोरसहितको सशस्त्र प्रहरी टोली खटिएको छ ।

प्रतिक्रिया