विदेश पढ्न जाने विद्यार्थीले १ खर्ब ३८ अर्ब उतै लगे


काठमाडाैं- गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरूले कुल एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेश लगेका छन्।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको “देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति” प्रतिवेदनअनुसार, अघिल्लो आर्थिक वर्षको तुलनामा विदेश पढ्न जाने विद्यार्थीहरूले १२ अर्ब रुपैयाँ बढी विदेश लगेका छन्।

त्यस्तै, गत आर्थिक वर्षमा नेपालबाट विदेश भ्रमण गर्न जानेहरूले ८५ अर्ब २४ करोड रुपैयाँ खर्च गरेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा भ्रमण आय ७.७ प्रतिशतले वृद्धि भएर ८८ अर्ब ६६ करोड पुगेको छ।

तर, देशको खुद सेवा आय भने ९० अर्ब ९४ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया