
प्रधानमन्त्री ओलीले विश्वासको मत नलिनुको कारण देखाउन सर्वोच्चको आदेश
काठमाडौं — सरकारले विश्वासको मत नलिनुको कारण पेस गर्न भन्दै सर्वोच्च अदालतले सरकारको नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अधिवक्ता वीरेन्द्र केसीले बिहीबार रिट दायर गरेका थिए ।
उक्त रिट आज न्यायाधीश पोखरेलको इजलासमा परेको थियो ।
साथै सर्वोच्चले अन्तरिम आदेशका लागि छलफलमा झिकाउने विपक्षीको नाममा आदेशसमेत दिएको छ ।



कागजपत्र |
