
काठमाडौंमा मुसलधारे वर्षा
काठमाडौं — काठमाडौंमा शुक्रबार दिउँसो मुसलधारे वर्षा भएको छ । दिउँसो साढे ३ बजेपछि उपत्यकामा मुसलधारे वर्षा भएको हो ।
बाढीको निकास नभएको क्षेत्र तथा होचा स्थानहरू डुबानमा परेका छन् ।
कार्यालय समय सकिने बेलामा परेको मुसलधारे वर्षाका कारण सर्वसाधारणहरु जाममा परेका छन् ।



कागजपत्र |
