सुर्खेतमा चारजना नक्कली परीक्षार्थी पक्राउ


सुर्खेत – लोकसेवा आयोगको परीक्षा नक्कली तरिकाले दिन प्रयास गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधवार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोकसेवा आयोगको कार्यालयबाट चार जनालाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनजंग बुढथापाले दिए।

पक्राउ पर्नेमा जाजरकोटको छेडगाड नगरपालिका–१२ का धर्मराज चनारा, कुशे गाउँपालिका–७ सामाकोटका २५ वर्षीय श्यामशंकर सिंह, दैलेखको भगवतीमाई गाउँपालिका–५ का सुशिल शाही र २० वर्षीय भरत तिरूवा रहेका छन्।

प्रहरीले पक्राउ परेकाहरूविरुद्ध लिखित परीक्षा किर्ते सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया