सेयर बजार ९.७० अङ्कले घट्यो


काठमाडौं- साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ९.७० अंकले घटेर २७६७.२० को विन्दुमा कायम भएको छ ।

नेप्सेमा यसदिन ३२३ कम्पनीको १ करोड ५२ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोडको सेयर कारोबार भएको छ ।

आज विकास हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । चन्द्रगिरी हिल्सका लगानीकर्ताले ७.४२ प्रतिशत र एबिएल डिबेञ्चर २०८६ का इकाईधनीले ७.१४ प्रतिशतका दरले कमाएका छन् ।

पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ९.०३ प्रतिशतका दरले गुमाए ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २५ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन रिइन्स्योरेन्सको २१ करोड ७६ लाख रुपैयाँ र तेस्रोमा चन्द्रागिरी हिल्सको १९ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया