सोमपालको ५ विकेटसँगै अष्ट्रेलियामा नेपालको दोस्रो जित


काठमाडौं – अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी—२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालले दोस्रो जित हात पारेको छ ।

नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलबर्न रेनेगेड्स एकेडेमीलाई १०६ रनमा अलआउट गरेपछि नेपालले ३३ रनअन्तरसहित दोस्रो जित हात पारेको हो ।

नेपालका लागि सोमपाल कामीले ५ विकेट लिएका थिए । त्यस्तै कुशल भुर्तेलले २ विकेट लिएका थिए ।

त्यसअघि डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक ३९ रनको योगफल बनाएको हो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिएका छन् । उनले २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाएका हुन् ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाउँदा लोकेश बमले १६ बलमा २४ रन जोडे । भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२(१२ रन बनाए ।

बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई(दुई विकेट लिए । मेलबर्न रेनेगेड्स एकेडेमी अहिले जबाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया