
गोकर्णेश्वरमा घोडाको आक्रमणबाट महिला घाइते
काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा घोडाको आक्रमणबाट एक महिला घाइते भएकी छन्।
घाइते हुनेमा माकलबारीकी ५२ वर्षीया महिला रहेका छन्। उनीमाथि दोलखा जिरी नगरपालिका–८ घर भई हाल माकलबारी बस्ने १६ वर्षीय युवकले चराउन ल्याएको घोडाले आक्रमण गरेको प्रहरीले जनाएको छ।
सडकमा हिँडिरहेकी महिलालाई घोडाले खुट्टाले प्रहार गर्दा टाउको र हातमा चोट लागेको थियो। घाइते महिलालाई तत्कालै उद्धार गरी सानेपास्थित मेडिसिटी अस्पताल लगिएको र उपचारपछि डिस्चार्ज गरिएको प्रहरीको भनाइ छ।
आक्रमणमा संलग्न घोडा र घोडा चराउने युवकलाई प्रहरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको माकलबारी प्रहरी चौकीले जनाएको छ।



कागजपत्र |
