
युवाहरू गर्न तयार हुनुहोस् म पद छाड्दिन्छु: प्रधानमन्त्री ओली
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफूले पद छोड्ने दावी गरेका छन्।
मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। उनले अहिले युवाहरूको समय रहेको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले युवाहरू अघि बढेर देश विकासमा लाग्नुपर्ने बताए। युवाहरू तयार भए आफूले पद छोड्ने उनको दावी छ। प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताए।
उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास व्यक्त गरे।
ओलीले भने, ‘यो युवाहरूको समय हो। युवाहरू अघि बढ्नुपर्छ। युवाहरूले गर्न सक्नुपर्छ। म त पद छोड्न तयार छु। युवाहरू तयार हुनुपर्यो नि त। म युवाहरूलाई उत्साहित गर्न चाहन्छु।’
प्रधानमन्त्री ओलीले नेपालमा अब लगानी र काम गर्न कुनै बाधा नरहेको दावी गरे।



कागजपत्र |
