उपसभामुख अमेरिकामा, यता पद खोस्ने चलखेल


काठमाडौं- सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने तयारी गरिरहेका बेला उनी भने अमेरिका भ्रमणमा रहेकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारका अनुसार रानामगर ३० साउनमा व्यक्तिगत कामका सिलसिलामा अमेरिका गएकी हुन् । “उहाँ व्यक्तिगत कामले अमेरिका जानुभएको हो, कहिले फर्किनुहुन्छ भन्ने जानकारी छैन,” परियारले जानकारी दिए ।

यसैबीच, उपसभामुखलाई पदबाट हटाउने विषयमा एमाले र कांग्रेसबीच आन्तरिक छलफल चलिरहेको छ ।

कांग्रेसले उपसभामुख रानालाई हटाउन हस्ताक्षर संकलन थालेको छ । यसअघि एमालेका सांसदहरूले हस्ताक्षर गरिसकेका छन् ।

प्रतिक्रिया