
टप इण्ड टी–२०ः नेपालले होबर्ट हुरिकेन्सविरुद्ध पहिले ब्याटिङ गर्दै
काठमाडौं – अस्ट्रेलियामा जारी टप इण्ड टी–२० सिरिजको आफ्नो चौथौ खेलमा नेपाल आज होबर्ट हुरिकेन्ससँग खेल्दैछ।
पहिलो जितको लक्ष्यसहित मैदानमा उत्रिन लागेको नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
नेपालका कप्तान रोहित पाैडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
यसअघि तेस्रो खेलमा नेपाल हिजो मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो। त्यसअघि बङ्गलादेश ‘ए’ र आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग नेपाल पराजित भइसकेको छ। ११ टोली सहभागी प्रतियोगितामा ११ वटा टोली छन्।
हरेक टोलीले लिग चरणमा छ खेल खेल्नेछन्।प्रतियोगिताअन्तर्गत नेपालले भोलि मेलबर्न रेनेगेड्ससँग र आउँदो शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ।
अस्ट्रेलियामा टप इण्ड टी–२० सिरिजपछि पनि नेपालले अभ्यास खेल पनि खेल्नेछ। आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपाल अष्ट्रेलिया गएको हो।



कागजपत्र |
