
न्याय दिनेले नै घुस खाएर अन्याय गरेपछि…
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य भावना श्रेष्ठ र निवेदक रविन कुमार श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार बाटोको निकाससम्बन्धी विवादमा विचाराधीन मुद्दालाई आफ्नो पक्षमा पार्नका लागि निवेदक रविन कुमार श्रेष्ठले न्यायिक समिति सदस्य श्रेष्ठलाई दुई लाख रुपैयाँ घुस दिएको पुष्टि भएको छ।
यस आधारमा आयोगले सोमबार दुवैजनाविरुद्ध दुई लाख रुपैयाँ विगो र त्यत्तिकै जरिवाना माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पोखरा महानगरपालिका–२६ मा भएको बाटोको निकाससम्बन्धी विवादमा निवेदकले दिएको उजुरीको आधारमा सुरु भएको अनुसन्धानमा घुस लिएको प्रमाणित भएकाले आरोप–पत्र दायर गरिएको हो।



कागजपत्र |
