यू–१७ साफ महिला च्याम्पियनशिप खेल्न भूटान जाने नेपाली टोलीको बिदाइ


काठमाडाैं- १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिप खेल्न भूटान जाने नेपाली टोलीको बिदाइ भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज एक कार्यक्रमका बीच टोलीको बिदाइ गरेको हो ।

प्रतियोगिताका लागि एन्फाले २३ सदस्यीय टोली घोषणा गरिसकेको छ । १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिप आउँदो अगस्ट २० देखि ३१ सम्म भूटानमा हुँदैछ ।

प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी हुनेछन् । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

प्रतिक्रिया