रसुवागढीमा बेलिब्रिज चाडपर्वअघि सञ्चालनमा नआउने


काठमाडौं- नेपाल–चीन जोड्ने रसुवागढीमा चाडपर्व अघि बेलिब्रिज सञ्चालनमा ल्याउन नसकिने भएको छ। आइतबार पूर्वाधार विकास समितिमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सो जानकारी दिएका हुन्।

उनका अनुसार ५० मिटरभन्दा लामो बेलिब्रिज जडान गर्न जटिल हुने भएकाले यहाँ आवश्यक पर्ने १०० मिटर लामो बेलिब्रिज तत्कालै निर्माण गर्न कठिन देखिएको हो। “चाडपर्वअघि बेलिब्रिज बनेर सञ्चालनमा आउँछ भनेर हामी उत्साहित थियौँ। तर पछि चिनियाँ सरकारले ‘सरी, चाडपर्वअघि सक्दैनौँ’ भनेको छ,” शर्माले भने।

सचिवका अनुसार बेलिब्रिज बनाउन कम्तीमा दुईदेखि अढाई महिना लाग्ने देखिएको छ।

गत असार २४ गते चीनतर्फबाट आएको बाढीले रसुवागढीमा रहेको मितेरी पुल बगाएको थियो। सो बाढीले रसुवागढी–स्याफ्रुबेसी सडक अवरुद्ध गर्नुका साथै ठूलो धनजन क्षति पनि पुर्‍याएको थियो।

प्रतिक्रिया