टप इन्ड टी-२०: एनटीएसले नेपाललाई दियो १७८ रनको लक्ष्य


काठमाडौं-  अस्ट्रेलियामा जारी टप इन्ड टी-२० क्रिकेट सिरिजमा नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकले नेपाललाई १७८ को लक्ष्य दिएको थियो।

निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै टेरिटोरीले १७७ रनको लक्ष्य बनाएको हो।

उसका लागि कप्तान तथा ओपनर डार्सी सर्टले उत्कृष्ट पारी खेले । उनले ३४ बलमा सात चौका र एक छक्कासहित ५१ रनको पारी खेलेका हुन् ।

यस्तै, थोमस एन्ड्रयूजले अविजित ३२, जोर्डन सिल्कले १९ र कोनर क्यारोलले १८ रन बनाए । नेपालका लागि स्पिनर सन्दीप लामिछानेले चार ओभरमा ३८ रन दिएर सर्वाधिक तीन विकेट लिए ।

यस्तै, साहब आलमले दुई तथा कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र रुपेश सिंहको नाममा एक/एक विकेट रह्यो ।

प्रतिक्रिया