मनोहरा किनारमा संरचना भत्काउने क्रममा झडप, प्रहरी परिचालन


काठमाडौं – काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्तीका घरहरू भत्काउने क्रममा झडप भएको छ।

नगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा डोजरसहित पुगेको टोलीलाई स्थानीयवासीले प्रतिकार गरेका थिए। स्थिति तनावग्रस्त बनेपछि अवस्था नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो।

महानगरले नदी किनार संरक्षण र सार्वजनिक भूमि व्यवस्थापनका क्रममा अवैध संरचना हटाउने अभियान चलाइरहेको छ।

प्रतिक्रिया