
अन्तर्राष्ट्रिय यात्रुहरूलाई उडानभन्दा एक घण्टा पहिल्यै अध्यागमन प्रवेश गर्न आग्रह
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले रातिको समयमा प्रस्थानतर्फ यात्रुको अत्यधिक भीड हुने भएकाले अन्तर्राष्ट्रिय उडानका यात्रुहरूलाई निर्धारित उडान समयभन्दा कम्तीमा एक घण्टा अगावै अध्यागमन क्षेत्रमा प्रवेश गर्न आग्रह गरेको छ।
कार्यालयका अनुसार हवाई उडानको तालिका नागरिक उड्डयन प्राधिकरणमार्फत तय हुने भएकाले रातिको भीड कम गर्न तालिका लचिलो बनाउन प्राधिकरणलाई अनुरोध गरिएको छ। साथै, सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई यात्रुहरूको समयमै चेक-इन गराएर अध्यागमनतर्फ पठाउन आग्रह गरिएको छ।
‘भीड व्यवस्थापनका लागि यात्रु महानुभावहरूले समयमै अध्यागमन क्षेत्रमा उपस्थित भई प्रक्रिया छिटो पूरा गर्न सहयोग गर्न जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ।




कागजपत्र |
