मुकुल ढकालको रिट सर्वोच्चबाट खारेज


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकाल पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। न्यायाधीश नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो।

ढकालले निर्वाचन आयोगको पत्रका आधारमा अदालतमा रिट दायर गरेका थिए। यसअघि सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिएको थियो।

रास्वपाले ढकाललाई कारबाही गरे पनि निर्वाचन आयोगले पदाधिकारीमा भएको हेरफेर अद्यावधिक गरेको छैन।

प्रतिक्रिया