प्रधानमन्त्री ओलीद्वारा मल व्यवस्थापन र उत्पादन वृद्धिका लागि तीनबुँदे निर्देशन


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिका विषयमा तीनवटा महत्वपूर्ण निर्देशन दिएका छन्। साउन २७ गते सिंहदरबारमा कृषि तथा उद्योग मन्त्री र सम्बद्ध अधिकारीहरूसँगको छलफलपछि प्रधानमन्त्री ओलीले तीन दिनभित्र यी निर्देशनहरू कार्यान्वयन गर्न आग्रह गरेका हुन्।

उनले रासायनिक मलको आपूर्ति व्यवस्था चुस्तदुरुस्त बनाउन नयाँ योजना बनाउने, कम्पोस्ट र अर्ग्यानिक मल उत्पादन तथा प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने र माटोको उर्वरता बचाउने रासायनिक मल कारखाना नेपालमै स्थापना गर्ने सम्बन्धमा अध्ययनको खाका तयार पार्न निर्देशन दिएका सचिवालयले जनाएको छ।

प्रतिक्रिया