यी ७ मुख्य राजमार्ग पूर्ण अवरुद्ध, अन्यको कस्तो छ अवस्था ? (सूचीसहित)


काठमाडौं — देशभरका ७ मुख्य राजमार्गहरु पूर्ण अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार संखुवासभास्थित भोटखोलामा अविरल वर्षाका कारण कोशी राजमार्ग पूर्ण अवरुद्ध बनेको छ ।

त्यस्तै रसुवा र सिन्धुपाल्चोकका मुख्य राजमार्गहरु पनि पूर्ण अवरुद्ध रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गल्छीबाट चिनसम्मै जाने सडक पूर्ण अवरुद्ध बनेको छ भने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरो जाँदा अरनिको राजमार्ग पनि अवरुद्ध बनेको छ ।

त्यस्तै बाग्लुङ खण्डमा कालीगण्डकी कोरिडोर पनि अवरुद्ध बनेको छ । त्यस्तै जाजरकोट डोल्पा भेरी कोरिडोर पनि रूकुम पश्चिम खण्डमा अवरूद्ध रहेको छ।

May be an image of text

प्रतिक्रिया