
क्रिकेटर ललित राजवंशीलाई मातृशोक
विराटनगर- राष्ट्रिय क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ। उनकी ६३ वर्षीया आमा शुभो राजवंशीको आइतबार निधन भएको छ।
ललितका जेठा दाजु रामकिशोर राजवंशीका अनुसार, शुभो राजवंशी लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित थिइन्। विराटनगर महानगरपालिका–१४ स्थित घरमा अहिले परिवार, आफन्त र छिमेकीहरू भेला भएका छन्। परिवारले आजै अन्तिम संस्कार गर्ने तयारी गरेको छ।
शुभो राजवंशीका चार सन्तान छन् — तीन छोरा र एक छोरी, जसमा ललित कान्छा छोरा हुन्। ललितले सामाजिक सञ्जालमा आफ्नो आमा प्रति ‘आई एम सो सरी मामु’ लेखेर दुःख व्यक्त गरेका छन्।



कागजपत्र |
