फिफा महिला बरियतामा नेपालको छलाङ, एकैपटक १३ स्थान माथि उक्लियो


काठमाडौं — फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औं स्थानमा पुगेको छ ।

यो नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरियता हो । यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको रेकर्ड थियो । जुन् रेकर्डलाई पनि उछिनेर नयाँ सफलता हासिल भएको हो ।

यसअघि १००औं वरियतामा रहेको नेपाल यसअघिको अंकबाट ४६.४९ अंक बढेर नयाँ वरियतामा ८७औं स्थानमा पुगेको हो।

बंगलादेश भने एकैपटक २२ स्थान माथि उक्लिँदै १०४ औं स्थानमा पुगेको छ।

पुरूषतर्फको वरियतामा भने नेपाल १७५औं स्थानमा छ ।

प्रतिक्रिया