
आइतबार बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडाैं- बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा आउँदो आइतबार सार्वजनिक बिदा दिने भएको छ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै २०८२ साल साउन २५ गते आइतबार बागमती प्रदेशभर सार्वजनिक बिदा लागू हुने जानकारी गराएको हो।
मन्त्रालयद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘बागमती प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनाबमोजिम यही २०८२ साउन २५ गते गाईजात्राको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइन्छ।’
यसअघि पनि गाईजात्रा पर्वमा प्रदेश सरकारले सार्वजनिक बिदा दिँदै आएको छ।



कागजपत्र |
