
बल्ब जोड्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु
उदयपुर – उदयपुरमा बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका-७ का ११ वर्षीय दर्शन विकको करेन्ट लागेर मृत्यु भएको हो ।
मंगलबार (हिजो )साँझ आफ्नै घरको होल्डरमा बल्ब जोड्ने क्रममा करेन्ट लागेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
