एनपिएल दोस्रो संस्करणका लागि १५० अक्सनमा, कुन श्रेणीमा कति ?


काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सनमा सहभागी हुने खेलाडीको सूची सार्वजनिक भएको छ।

नेपाल प्रिमियर लिग (एनपिएल) ले मंगलवार अक्सनमा सहभागी रहने १ सय ५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको हो। अक्सनका लागि ४ सय ५८ जनाले आफ्नो नाम रजिस्ट्रेसन गराएका थिए।

एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १ सय ५० खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको हो।

१ सय ५० खेलाडी विभिन्न श्रेणीमा विभाजन भएका छन्।

श्रेणी ‘ए’ मा ८ जना, श्रेणी ‘बी’ मा ३५ तथा श्रेणी ‘सी’ मा १ सय ७ खेलाडी रहेका छन्। १ सय ५० जना खेलाडीले अन्तिम सूचीमा आफुलाई पाए पनि जम्मा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ। ए’ ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुनम गौतम छन्।

कुन श्रेणीमा कति खेलाडी आवश्यक

श्रेणी ‘ए’ – ४
श्रेणी ‘बी’ – २३
श्रेणी ‘सी’ – १०
जम्मा – ३७

न्युनतम र अधिकतम मुल्य

श्रेणी ‘ए’ न्यूनतम् १० लाख – अधिकतम १५ लाख

श्रेणी ‘बी’ न्यूनतम् ५ लाख – अधिकतम १० लाख

श्रेणी ‘सी’ न्युनतम २ लाख – अधिकतम ५ लाख

 

प्रतिक्रिया