नागढुंगाबाट ४३ लाख र ९ वटा छड्के तिलहरी बरामद


काठमाडौं – चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट लाखौं रुपैयाँ र गहनासहित एकजना पक्राउ परेका छन्। शनिबार नागढुंगाको चेकप्वाइन्टबाट ४३ लाख नदग र ९ वटा छड्के तिलहरी बरामद भएको प्रहरीले जनाएको छ।

दाङ तुलसीपुर उप–महानगरपालिका–५ का ३७ वर्षीय सन्दिप कौशलको साथबाट नगद र गहना बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए।

तुलसीपुरबाट काठमाडौँ आउँदै गरेको प्रदेश नम्बर ३–०१–००–६ ख ०९१२ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा कौशलको साथबाट नगद र गहना बरामद भएको एसएसपी सिंहले बताए।

एसएसपी सिंहका अनुसार बसको यात्रु हिँड्ने प्यासेजमा टेपले बेरेर राखिएको कार्टुनमा हरियो रङको ९ वटा छड्के तिलहरी, १ हजारको ३९०० थान, ५ सयको ८०० थान गरी ४३ लाख नगद फेला परेको हो ।

पक्राउ परेका कौशलमाथि महानगरीय प्रहरी वृत्त थानकोटबाटथप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया