यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय


काठमाडाैं- सरकारले बालविवाह अन्त्य र श्रम आप्रवासनसम्बन्धी राष्ट्रिय रणनीति स्वीकृत गर्नुका साथै आवश्यक सेवामा हडताल गर्न नपाइनेजस्ता महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

अस्ति बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८२ र राष्ट्रिय श्रम तथा आप्रवासन नीति २०८२ स्वीकृत गरेको जानकारी दिनुभयो ।

यस्तै आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गरी राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि भएको छ ।

बैठकले एमसीए–नेपाल अन्तर्गतका आयोजनामा काम गर्ने कम्पनीलाई आर्थिक वर्ष २०८२/८३ का लागि आयकर छुट दिने र एमसीसी फन्डिङको कर छुट कार्यान्वयनसम्बन्धी पत्र स्वीकृत गर्नेलगायतका निर्णय गरेको छ ।

प्रतिक्रिया