नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए सपथ


मकवानपुर — बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि अपराह्न प्रदेश प्रमुख कार्यालय हेटौँडामा एक समारोहबिच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री बानियाँलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

बानियाँ संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री बनेका हुन् । उनी कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्री बानियाँले आजै एमालेका तर्फबाट ६ जना र कांग्रेसबाट पहिलो चरणमा एक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । मन्त्रीहरूले पनि आजै शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया