
७८ लाखको क्रिप्टो कारोबार गरेकाे आरोपमा युवक पक्राउ
काठमाडौं — ७८ लाख रुपैयाँभन्दा बढीको अवैध डिजिटल मुद्रा (क्रिप्टो) कारोबार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति हेटौंडा उपमहानगरपालिका–१६ चिसापानी घर भएका २१ वर्षीय सुशान्त दाहाल हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दाहालले ७८ लाख ३० हजार ३८८ रुपैयाँ बराबरको अभौतिक मुद्रा कारोबार गरेका थिए।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार दाहालविरुद्ध “अभौतिक मुद्रा कारोबार गर्न नहुने” कानुनी कसुरअन्तर्गत अनुसन्धान सुरु गरिएको छ।
नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सीलाई गैरकानुनी घोषित गरिसकेको छ, र यस्ता कारोबारमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउने नीति लिइएको छ।



कागजपत्र |
