
स्वकीयमार्फत मुख्यमन्त्री लामाले बुझाए राजीनामा
काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र पेस गरेका छन्।
सोमबार बहादुरको तर्फबाट उनका स्वकीय सचिव छत्र बहादुर लामाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र पेस गरेका हुन्।
लामाले आइतबार नै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। लामाले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्।
यसैगरी प्रदेश प्रमुख देवकोटा स्वास्थ्य लाभपछि आजै कार्यालयमा उपस्थित भएका थिए।
लामाले राजीनामा पत्र बुझाएसँगै अब नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया सुरु हुनेछ।



कागजपत्र |
