
कर्णाली नदी सतर्कता तह पार
काठमाडौं – अछाममा कर्णाली नदीको जलसतह शुक्रबार साँझ सतर्कता तह पार परेको छ । बेनीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।
नदीमा पानीको बहाव बढ्दो क्रममा छ । नदीतटीय क्षेत्रमा आसपास रहनेले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“साउन १६ गते, साँझ ५ः१० बजे । अछामस्थित कर्णाली नदी बेनीघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपासमा रहनुहुनेहरूले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ,” विभागको सूचनामा उल्लेख छ ।



कागजपत्र |
