लिङ्देनका स्वकीय सचिवले कुटे राप्रपाकै नेता


काठमाडौं- राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनका स्वकीय सचिव छत्र कठायतले पार्टीकै नेता राजु गैरेमाथि बुधबार आक्रमण गरेका छन्। कठायतले गैरेलाई हेल्मेटले प्रहार गरेका थिए।

घाइते नेता गैरेले घटनापछि महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका छन्। पत्रकारसमेत रहेका गैरे विद्यार्थी कालदेखि राप्रपामा सक्रिय छन् र उनी पाल्पाबाट पछिल्लो प्रदेशसभा निर्वाचनमा राप्रपाको तर्फबाट उम्मेदवारसमेत थिए।

बुधबार साँझ धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालयअगाडि रहेको रेस्टुरेन्टमा साथीहरूसँग चिया खाँदै बसेका गैरेलाई कठायतले छेउमा बोलाई हेल्मेटले हानेका थिए। मोटरसाइकलमा आएका कठायतले कुनै पूर्वसूचना बिना अचानक आक्रमण गरेका थिए।

घटनापछि अहिलेसम्म राप्रपा अध्यक्ष लिङदेनले कुनै टिप्पणी दिएका छैनन् भने कठायतविरुद्ध प्रहरी प्रशासनले पनि हालसम्म कुनै कारबाही प्रक्रिया अघि बढाएको छैन।

प्रतिक्रिया