
आज विश्वासको मत लिँदै सुदूरपश्चिम मुख्यमन्त्री शाह
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन्।
नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाहले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि आज बेलुकी ५ बजे प्रदेश सभा बैठक बोलाइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश सभा सदस्यहरूलाई पक्षमा मत हाल्न ह्विप जारी गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले गत २० असारमा समर्थन फिर्ता लिएको थियो।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।



कागजपत्र |
