शेयर बजारमा पहिरो, ४७ अंकले नेप्से घट्दा साढे १६ अर्बको कारोबार


काठमाडौं – आज सेयर बजारमा भारी गिरावट आएकाे छ । नेप्से परिसूचक ४७.९३ अंकले घटेर २९५४ को विन्दुमा कायम भएको छ ।

आज २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २२६ कम्पनीको मूल्य घटेको छ ।

आज १६ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्ब ३२ करोडको सेयर कारोबार भएको छ ।

हिमालयन डिष्टिलरीको ७३ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस बैंकका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया