
राष्ट्रियसभा बैठकमा छलफलकै बीच मन्त्रीहरू निदाए
काठमाडौं — राष्ट्रियसभा बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथि छलफल चलिरहँदा केही मन्त्रीहरू निदाएको दृश्य सार्वजनिक भएको छ।
गम्भीर र महत्वपूर्ण विषयमा बहस भइरहेको बेला उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मानवीर राई निदाएको दृश्य क्यामेरामा कैद भएको हो।
यसअघि पनि प्रतिनिधिसभामा यस्तै दृश्य देखिएको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ बैठकका दौरान निदाएको दृश्य सामाजिक सञ्जालमा व्यापक ट्रोल बनेको थियो। त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङलाई बोलाउँदा उनी निदाएको देखिएको थियो।



कागजपत्र |
