
प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत
काठमाडौं – मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत गरेको छ ।
भूपरिवेष्ठिक विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा भाग लिन उनी १८ साउनमा विदेश भ्रमणमा जान लागेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री ओली नेतृत्वको टोली १८ साउनमा गएर २३ साउनमा फर्कनेछ ।



कागजपत्र |
