सिन्धुलीबाट हराएकाहरु पोखरामा, १६ मध्ये १२ जना भेटिए


काठमाडौं – सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका १६ जना कास्कीको पोखरामा भएको खुलेको छ ।

कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलीयाका अनुसार उनीहरु अहिले गगनगौडामा छन् ।

उनीहरु शनिबार पोखराको एक होटलमा बसेको देखिएको कास्कीका एसपी ओलीयाले जनाए ।

सिन्धुलीको गोलन्जोरबाट एकै परिवारका १६ जना हराइरहेका थिए । ती मध्ये १२ जना सम्पर्कमा आइसकेको जनाइएको छ ।

हराएका भनिएका १६ मध्ये १ जना माहिली छोरी काठमाडाैंबाट प्रहरीको सम्पर्कमा आएकी थिइन् । उनी केही समयअगाडि देखि नै घरमा नरहेको जनाइएको छ ।

उनीहरु चार दिनदेखि हराइहेका थिए ।

 

प्रतिक्रिया