काठमाण्डु गुर्खाजको नयाँ नाम र लोगो सार्वजनिक


काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको तयारीमा रहेको काठमाडौं गुर्खाजले आफ्नो नाम र लोगो परिवर्तन गरेको छ।

फ्रेन्चाइज टोलीले बिहीबार पत्रकार सम्मेलन गर्दै नयाँ नाम ‘काठमाडौं गोर्खाज’ र नयाँ लोगो सार्वजनिक गरेको हो।

कार्यक्रममा काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र सिइओ सुरजसिंह ठकुरीले संयुक्त रूपमा लोगो सार्वजनिक गरे।

नयाँ लोगोमा काठमाडौंको सांस्कृतिक विशेषता झल्किने डिजाइन समावेश गरिएको छ। नाम परिवर्तनसँगै टोलीले आगामी दिनमा बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोट  वरपर क्रिकेट गतिविधि सञ्चालन गर्ने जानकारी दिएको छ।

एनपिएलको पहिलो संस्करणमा ‘काठमाण्डु गुर्खाज’ नामबाट सहभागिता जनाएको टोली अब दोस्रो संस्करणदेखि ‘काठमाडौं गोर्खाज’ नाममा प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया