
गोकर्णेश्वरमा ब्याक गरिरहेको ट्रकले कुल्चिँदा बालिकाको ज्यान गयो
काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४, नामोल कोलमतिमार्गस्थित भित्री सडकखण्डमा ट्रकको ठक्करबाट साढे दुई वर्षीया बालिकाको ज्यान गएको छ।
प्रहरीका अनुसार नाम्गेल बसपार्कबाट भित्री शाखा सडकतर्फ ब्याक गर्दै गरेको बा ३ ख ४३४५ नम्बरको मिनि ट्रकले घर अगाडि खेलिरहेकी बालिका फुर्बु लामा शेर्पालाई ठक्कर दिएको थियो।
अढाई वर्षीया शेर्पाको घटनास्थलमै मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनापछि ट्रक चालक भक्तपुरको कमलबिनायक नगरपालिका–९, भानेचोक बस्ने ३६ वर्षीय हरि बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
