
युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय
एजेन्सी – संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट अमेरिका बाहिरिने भएको छ ।
उसले सन् २०२६ को अन्त्यसम्ममा बाहिरिने निर्णय गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उक्त निर्णय ‘अमेरिका फस्र्ट’ नीतिअन्तर्गत अमेरिकाको राष्ट्रिय हितअनुसार गरेको दाबी गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार युनेस्कोले सामाजिक र सांस्कृतिक विषयमा ‘विवाद सिर्जना गर्न सक्ने’ नीतिहरू अघि बढाएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
विशेषतः प्यालेस्टाइनलाई सदस्यता प्रदान गरिएको निर्णयले अमेरिकाको आधिकारिक नीतिसँग असामञ्जस्य देखिएको ट्रम्प प्रशासनले जनाएको छ । युनेस्कोका महानिर्देशक औड्रे अजोउले अमेरिकी निर्णयलाई ‘दुःखद’ भनेका छन् ।



कागजपत्र |
