
बाजुरामा जीप दुर्घटना, दुई जनाको मृत्यु, १५ घाइते
बाजुरा – बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
हिमाली गाउँपालिका-५ किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बाप्र ०३००१ ज ०३३८ नम्बरको जीप बिहीबार बिहान टुनीगडामा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा हिमाली गाउँपालिका-५ की ७६ वर्षीया बाजा रोकाया र सोही गाउँकी ७५ वर्षीया विजौरा रोकाया रहेका छन् । दुर्घटनामा कम्तिमा १५ जना बढी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतलाई उपचारका लागि अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।



कागजपत्र |
