
प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्ने कार्यक्रम स्थगित
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा गर्ने भनिएको विशेष सम्बोधन कार्यक्रम स्थगित गरिएको छ।
दिउँसो १ बजे सुरू हुने बैठकमा सरकारले एक वर्ष पूरा गरेको अवसरमा प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्ने तयारी गरिएको थियो। तर, उक्त कार्यक्रम अर्को मितिमा सारिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
यद्यपि संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भने पूर्वनिर्धारित तालिकाअनुसार यथावत् रहने उनले स्पष्ट पारेका छन्।



कागजपत्र |
